कार्यालय परिचय

वर्तमान राज्य पुनरसंरचना पश्चात तत्कालको भू तथा जलाधार संरक्षण विभागले ६१ जिल्ला मार्फत प्रवाह गरेको सेवा संघिय सरकार अन्तरगतका ४ वटा कार्यालयहरू र प्रदेश सरकार अन्तरगत रहने गरी व्यवस्था भएका प्रत्येक प्रदेशमा दुईवटाका दरले जम्मा १४ वटा कार्यालयबाट सम्पादन गर्ने गरि निर्णय गरि कार्यान्वयनमा ल्याइएको अवस्था छ । यस व्यवस्था अनुसार हाल १ नं। प्रदेश सरकार अन्तरगत ओखलढुंगा र धनकुटा जिल्लामा भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना गरिसकिएको छ ।ओखलढुंगा जिल्लामा रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयले ओखलढुंगा सहित सोलुखुम्वु, खोटाङ, उदयपुर, सुनसरी, मोरङ र झापा जिल्लामा जलाधार व्यवस्थापनको सेवा दिने र धनकुटा जिल्लामा रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयले धनकुटा सहित भोजपुर, तेह्रथुम, संखुवासभा, इलाम, पांचथर, ताप्लेजुङ जिल्लामा जलाधार व्यवस्थापनको सेवा प्रवाह गर्ने भनी संघिय सरकारबाट निर्णय भै कार्यान्वयनमा आइसकेको छ । तर हाल संघिय सरकारले गरेको निर्णय बमोजिम स्थापना भएका कार्यालयहरु ओखलढुंगाले सुनसरी मोरङ र झापा तथा धनकुटाले इलाम, पांचथर र ताप्लेजुङका जनताहरुलाइ प्रभावकारी सेवा दिन संभव देखिंदैन । अतः संघिय सरकारको निर्णयलाई पनि कार्यान्वयन गर्दै जनतालाई तुलनात्मक रुपमा सहज पहुंच सहितको सेवा प्रवाह गर्न साथै प्रदेश सरकारको स्विकृत कार्यक्रम र बजेटमा उल्लेख भएका भू तथा जलाधार व्यवस्थापन कार्यक्रमका उद्देश्य प्राप्त गर्न अर्को स्थायी व्यवस्था नभएसम्मका लागि एउटा अस्थाइ प्रकृतिको जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाईको स्थापना एवं संचालनको आवश्यकता महशुस गरी आ. व. २०७५।०७६ देखि जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वय इकाईको स्थापना भई सुनसरी, मोरङ, झापा, इलाम, पांचथर र ताप्लेजुङ जिल्लाहरुमा जलाधार व्यवस्थापन सम्बन्धी कार्यक्रम संचालन हुंदै आएको छ ।